आठ अर्बको अलैँची निर्यात

काठमाडौं । गएको आवमा आठ अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ । देशको वैदेशिक व्यापारमा अलैँची निर्यातको मूख्य भूमिका छ । गएको आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको अलैँची देशबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७७/७८ मा सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६/७७ मा दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार र आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।

नेपालबाट भारत, पाकिस्तान, इटाली तथा जर्मनीलगायत देशमा अलैँची निर्यात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्