पाँचथरमा आगलागीबाट एक महिलाको मृत्यु


.

ताप्लेजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाँउमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए ।

फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा भत्किएको छानोले किचेर उनको ज्यान गएको पनि प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको प्रयासमा बिहान साढे नौ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी खान्द्रुङबाट गएको प्रहरी टोलीले उनको शव निकालेको हो ।

कान्तिपुर


प्रतिक्रिया दिनुहोस्