ताप्लेजुङ बहिरा संघको अध्यक्षमा पौडेल

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला बहिरा संघको अध्यक्षमा प्रेम प्रसाद पौडेल निर्विरोध चयन हुनु भएको छ ।

बिहीबार सम्पन्न भएको चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पौडेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको उपाध्यक्षमा रचना राई, सचिवमा देउप्रसाद लिम्बू, कोषाध्यक्षमा पेम्बाछिरिङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । सदस्यमा सुरेन्द्र लिम्बू, रञ्जना राई र ओमहाङ लिम्बू रहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्