नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिती चयन


काठमाडौं । नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन शनिबार काठमाडौंको बसुन्धरामा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचीव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यता र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थितीमा अधिवेशन सम्पन्न भएको हो ।


अधिवेशन पछि भएको निर्वाचनबाट एसोसिएसनमा हरि प्रसाद धरेलको अध्यक्षतामा १५ सदस्यीय समिती चयन भएको छ ।
एसोसिएनको वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल, उपाध्यक्षमा सुनार बहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिबमा सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो निर्वाचित भएका छन् ।


त्यस्तै सदस्यमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि र शिव बहादुर सापकोटा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई, उप सल्लाहकारमा पि एन अधिकारी र सह कोषाध्यक्षमा प्रणिल मान श्रेष्ठलाई मनोनीत गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि घिसिङले खेलकुद क्षेत्रका बिसङ्गती र आगामी बाटोको बारेमा बोलेका थिए भने नवनिर्वाचित कार्यसमितिका टिमलाई राखेप पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिएका थिए ।


कार्यक्रममा माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपालका गोबिन्द भट्टराई , नेपाल पर्वतारोहण संघका धन बहादुर गुरुङ, राखेप कानुन शाखा प्रमुख नारायण अर्याल ,नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन बागमती अध्यक्ष कल्पना महर्जनको उपस्थिती रहेको थियो ।

त्यस्तै सुदुरपश्चिम अध्यक्ष भरत बिक्रम शाह,कर्णाली प्रदेश अध्यक्ष लक्ष्मी भट्टराई,गण्डकी प्रदेश अध्यक्ष शेष कान्त शर्मा, काठमाडौं ईन्भारोमेन्ट प्रोजेक्टका कार्यकारी निर्देशक देबि पन्त,नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल, हिमालय रेस्क्यु एसोसिएन नेपालका कार्यकारी निर्देशक गोबिन्द बस्याल, राखेप बोर्ड सदस्य प्रकाश कुमार कुसारी, नेपाल चेस संघका उपाध्यक्ष मोनालिसा खम्बु लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्