मैवाखोलामा छोराद्वारा आमाको हत्या 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार छोराले आज सोमबार बिहान करिब साढे १० बजे धारिलो हतियार बाम्फोक प्रहार हत्या गरेका हुन् । छोरालाई बाम्फोक सहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक कार्कीले बताउनु भएको छ । 

 आज मध्यान्ह १२ बजे घटनाको विवरण प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी चौकी साँघुको टोली घटनास्थलमा पुगी सो स्थानलाई सुरक्षित गरेका छन् । 

यस्तै थप अनुसन्धान तथा कानुनी प्रक्रिया लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटाइएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्