नेता पन्तको अभिब्यक्तिप्रति शेर्पा समुदाय ताप्लेजुङ्को गम्भिर ध्यानाकर्षण

आफ्ना जातिहरुमाथि दिएको अभिव्यक्तिलाई लिएर ताप्लेजुङका शेर्पा समुदायले गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता रघुजी पन्तले केहीसमय अघि सार्वजनिक कार्यक्रममा दिनुभएको अभिव्यक्ति प्रति संघले शुक्रबार प्रेस नोट जारी गर्दै गम्भिर ध्यानाकर्षण् गराएको हो ।

एमालेका जिम्मेवार राजनैतिक दलका नेताले आम शेर्पा समुदयमाथि हेपाहा प्रवृत्तिले गतल टिका टिप्पणी गरि विश्वभर परिचित शेर्पा समुदाय तथा सिङगो आदिवासी जनजातिमाथि नै अपमान भएको नेपाल शेर्पा संघ ताप्लेजुङका अध्यक्ष पासाङरिता शेर्पा, शेर्पा संचार संघका सचिव तेन्जिङ शेर्पा, हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका सहसचिव तेन्जिङ शेर्पा (शंकर) र नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष ओङदी शेर्पाद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरेको छ ।

एक जातिले अर्को जातिमाथि गलत अभिव्यक्ति दिनु जातिय द्वन्द्व निम्त्याउनु सो सरह रहेको ठहर गरेका छन् । नेपालमा करिब पाँचौँ शताब्दि अघिदेखि नै बसोबास रहेको शेर्पाको ईतिहाँस भएपनि नेता पन्तले बसोबास हुन थालेको करिब ६–७ वर्ष मात्र भएको धारणा राख्नु भएको थियो । शेर्पाहरु नेपालमाा कहाँबाट आए , कहिले आए , कसरी आए, शेपाको जात के हो साथै शेर्पा जात हैन जस्ता विषयमा पन्तले सार्वजनिक कार्यक्रममा राख्नु भएको भनाईप्रति शेर्पा समुदाय असन्तुष्ट भएका हुन् ।

नेता पन्तले दिनुभएको आफ्नो अभिव्यक्ति सच्याउन र तत्काल सार्वजनिक रुपमा माफी माग्न शेर्पा समुदायले अडान लिएका छन् । आम समुदायमाझ क्षमा याचना सहित माफी नमागे शेर्पा समुदया नेता पन्त विरुद्द कडा कदम चाल्न बाध्यन हुने चेतावनी समेत प्रेस नोटमार्फत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्