फक्ताङलुङमा तिन दिने कृषि सम्बन्धी तालिम सुरु, क्यानडा र आयरल्यान्डका नागरिकले तालिम दिँदै

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा तिन दिने कृषि सम्बन्धी तालिम सोमबारबाट सुरु भएको छ । हिमालयन एग्रो इकोलोजि डेभलपमेन्ट र फक्तालुङ गाउँपालिकाको सझेदारीमा कृषि सम्बन्धी तालिम शुरू भएको हो ।


परम्परागत कृषि खेतिलाई आधुनिकीकरणतर्फ उन्मुख गराउँदै स्वस्थ्यकर बाली उत्पादन गर्न एवम् विसादिमुक्त बनाएर अर्गानिक खेति संचालन गरि स्थानीय कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) बताए ।

गाउँपालिकाका अनुसार तालिममा माटोको प्रकृतिबारे जानकारी दिईनुका साथै वातावरणनिय प्रभाव, बिरुवा उत्पादन, मल्चिङ, कम्पोस्ट मल बनाउने तरिका, कटिङ, ग्रफ्टिङ देखी लिएर रोग किराको प्रकोप र नियन्त्रण बारे जानकारी दिईने छ ।


तालिमको सहजीकरण क्यानडा घर भई विगत एक वर्ष देखि नेपालको ईलाममा अल्मोस्ट हेभन फाम संचालन गरि रहेका ज्याक बर्टन र आयरल्यान्ड घर भई हाल नेपालको काभ्रे जिल्लामा पन्च तत्व जैविक फाम संचालन गरि रहेका चार्लि बाबाले संयुक्त रुपमा गरि रहेका छन् ।


तालिममा पालिकाको ७ नं. वडा ओलाङचुङगोला बाहेक ६ वटा वडाका ४० पुरुष र १५ महिला गरि जम्मा ५५ जनाले सहभागी जनाएका छन् । सोमबारबाट सुरु भएको तालिम बुधबार सम्म चल्ने छ ।

तस्विर सौजन्य अध्यक्षको सचिवालय


प्रतिक्रिया दिनुहोस्