नेपाल महिला संघ सभापतिमा मात्रिकादेबी प्रसाई चयन


नेपाल महिला संघ ताप्लेजुङ जिल्लाको सभापतीमा मात्रिका देबी प्रसाई चयन भएकी छिन ।
बुधबार, फुङलिङ बजारको एक कार्यक्रमका बीच प्रसाई सभापतीमा चयन भएकी हुन, ।

यसै गरि ५१ जना महिला संघको जिल्ला कार्य समिति सदस्यमा चयन भै समितिले पुर्णता पाएको छ ।
एक बर्ष यता जिल्ला कार्य समिति सभापती बिहिन थियो, २०८० साउन १८ गते उक्त रिक्त पदको लागी महिला नेत्री गिता चौहानले पत्र लिएर आएको र सो को केही दिनमै नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरित एक विज्ञप्तीसहित मात्रीका प्रसाईले सभापतीको जिम्मेवारी पाएकी छिन्।

उक्त विज्ञप्तीमा नेपाल महिला संघको बिधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार बिधान बिपरित भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस बिधानमा अन्यथा व्यबस्था भएकोमा बाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्धारा पदपुर्ति गरिने व्यवस्था भए बमोजिम केन्द्रबाटको मनोनित पत्रानुसार गठन भएको जिल्ला सभापती मात्रीका देबी प्रसाईले बताउनु भयो ।

नेपाल महिला संघ ताप्लेजुङको जिम्मेवारी लिएसँगै सभापती प्रसाईले ताप्लेजुङका ८ वटा पालिका र नगरपालिका गरि ३० जना ताप्लेजुङ जिल्ला कार्यसमिति सदस्यमा विधान बमोजिम मनोनयन गरि कुल ५१ सदस्यीय समिती निर्माण गरेकी छिन।

प्रसाईले विधि, पद्धति र विधान बमोजिम काम गर्ने पार्टीको लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको वताएकी छिन । अब हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन प्रणालीले बिधि सुनिश्चित गरि, पार्टिलाई नया उचाइमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन।


प्रतिक्रिया दिनुहोस्