ताप्लेजुङ सेवा समाज मलेसियाद्वारा १ लाख २६ हजार ५ सय रुपैंया बराबरको राहत वितरण

ताप्लेजुङ– असार २, २०८० को अविरल वर्षाले निम्त्याएको बाढी पहिरो र त्यसले आघात पुर्याएको पिडित परिवारलाई ताप्लेजुङ् सेवासमाज मलेसियाले राहत वितरण गरेको छ ।

ताप्लेजुङ जिल्लामै अधिक जन र धनको क्षति भएको सिदिङवा गाउँपालिकाका बाढी पहिरो प्रभावितलाई ताप्लेजुङ सेवा समाज मलेसियाले १ लाख २६ हजार ५ सय रुपैंया बराबरको राहत वितरण गरेको हो ।

संस्थाका सदस्य मनी कुमार लिम्बु ताम्लिङको सकृयतामा पिडितहरुको घाउलाई थोरै भएपनि मलम पट्टी होस भन्ने हेतुले राहत वितरण गरिएको संस्थाका कोषाध्यक्ष दिपक राज नेपालीले बताए

सानो सहयोग भएतापनी बैज्ञानिक वर्गीकरण गरि राहत वितरण भएको सस्थाले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्