मेरिङदेन गाउँपालिकाले गर्यो वैकल्पिक सडक निमार्ण कार्यको सुरु

फुर्बा शेर्पा

ताप्लेजुङ । असारको पहिलो हप्ता देखि नै करिव अवरुद्ध हुँदै आएको आठराई त्रिबेणी र मैवाखोला गाउँपालिका जोड्ने सडकको बैकल्पिक रुट खोल्ने कार्य मेरिङदेन गाउपालिकाले सुरु गरेको छ ।

लगातार बर्षाका कारण हप्तौ देखि अबरुद्ध सडकको कारण हजारौ जनता ले दुख पायिरहेको अवस्थामा मेरिङदेन ३ खाम्लुङ दोभान देखी आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जाने करिव १ किलोमीटर बैकल्पिक मोटर बाटो निमार्ण कार्य शुरु भैसकेको हो ।

पाच दिन देखी यता निरन्तर स्काभेटर प्रयोग भै खन्दै गरेको मोटर बाटो केही दिनमा खोली सक्ने र लामो समय देखिको जनताको सास्ती अन्त हुने गाउँपालिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्