स्थानीय स्तरमा उत्पादन भएको वस्तुको बजारीकरणको जिम्मा वडाले लिने

फुर्बा शेर्पा

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकाको ४ न. वडा कार्यालय लिङतेपले वडाको समिक्षा तथा बजेट कार्यान्वयन सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयबाट हुने दैनिक सेवा प्रवाहको समिक्षा एवम् आ व २०७९÷८० को बजेटहरुको कार्यान्वयन लगायतको विषय सार्वजनिक गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

मेरिङदेनको पहिचान समृद्धिको अभियान भन्ने मुल नाराका साथ जनप्रतिनिधी जनमुखी हुनु पर्ने वडा अध्यक्ष बेद प्रसाद लिम्बुले बताउनु भयो । उहाँका अनुसार जनताहरुको जनभावनामा आधारित ब्याबहारिक रुपमा सुशासन सर्वसाधारणले महसुस गर्न सक्ने गरि वडाले कार्यन्वयन गरेको छ ।

कार्यालयबाट हुने दैनिक सेवा प्रवाहको समिक्षा एवम् विनियोजित बजेटहरुको कार्यान्वयन सम्पन्न गरिएको वडा अध्यक्ष लिम्बुले बताउनु भयो । कार्यक्रममा स्थानियतहबाट ९४ लाख ५० हजार र प्रदेश सरकारबाट ९१ लाख ५० हजार रुपैंया बराबरको भौतिक पुर्वाधार बिकास योजना, कृषि क्षेत्र तथा फर्निचर सम्बन्धि सिपमुलक तालिम गरि १ करोड ८६ लाख रुपैंया वरावर रकम कार्यान्वयन गरिएको विवरण सार्वजनिक गरिएको छ ।

यता प्रमुख अतिथि समेत रहेका कोशी प्रदेशका पुर्ब उद्योग, श्रम तथा रोजगार मन्त्रि प्रताप प्रकाश हाङगामले भने गाउँघरमा उत्पादन भएका उत्पादित बस्तुहरुमा कम हुदै गएको कृषी क्षेत्र बढाएर बा्रन्डिङ गरेर लानु पर्ने बताउनु भयो ।

कार्यक्रम टोल बिकास समितिका पदाधिकारी,बिभिन्न राजनितिक दलका प्रतिनिधी, शिक्षक तथा समाजसेवी बुद्धिजिवीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्