प्रचण्डले चितवन पुगेर भने– समय अपुग भएकाले एकता मिति सरेको हो

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय अपुग भएकाले मात्रै ९ गते पार्टी एकता गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टी एकताका विषयमा पावर शेयरिङ्ग नमिलेको भन्ने कुरा गतल हो उनले भने एकतामा कुनै विवाद छैन्, दुई चार दिन थाहा हुन्छ ।चितवनको भरतपुरमा आज प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने चुनाव चिन्हको विषयमा कुरा नमिलेको पनि सत्य नभएको स्पष्ट पारे ।

कुनै विवदा भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्बोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल भैरहेको दाहालको दावी छ । कार्यदलले पेश गरेको प्रतिबेदनमाथि छलफल गरेर समय अपुग भएकाले बैशाख महिनामा एकता हुने उल्लेख गरे। ‘अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोली फर्किएएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपति मिति फिक्स हुन्छ।’ दाहालले भने ।

जनयुद्ध राख्ने विषयमा समेत विवाद नभएको दावी प्रचण्डको छ । पार्टी एकता बैशाख महिनाभरी नलाग्ने बताए।‘सकेसम्म बराबरी र सम्मानजनक रुपमा जाने भन्ने भएको छ, प्रचण्डले भने यसमा पनि कुनै विवाद छैन । ’उनले दुबै छिमेकी मुलुकसँग सम्बन्ध बढाउने कुरा सन्तुलित रुपमा अघिबढेको उनले बताए । बाह्य अबरोधले नभई आन्तरिक रुपमा नै नमिलेकाले त्यसैलाई मिलाउन मात्रै एकताका लागि समय नपुग भएको दावी प्रचण्डको छ ।


प्रतिक्रिया दिनुहोस्