ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी १९ जना माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका — ३, लिबाङमा विभिन्न पार्टी परित्याग गरी १९ जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी- केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शुक्रबार लिबाङमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र कोशी प्रदेश सदस्य ओङदी शेर्पा, अतिथि, प्रदेश कमिटी सदस्य मान ब. केसी, मिक्वाखोला गाउँपालिका पार्टी इन्चार्ज खडक साँबा “उजाड”, त्यसैगरी पार्टी अध्यक्ष डण्डु लामा लगायत जिल्ला स्तरका नेताहरुले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेमा इन्द्रहाङ लिम्बू, लोकेन्द्र लुङखिम्बा, विकेश लिम्बू, मनिश लिम्बू, सबिन लिम्बू, बिनय लिम्बू, नबिन लिम्बू, दिलेन्द्र लिम्बू, दिप लिम्बू, सुजन लिम्बू, विनोद लिम्बू, सुरेन लिम्बू, र अविशेक लिम्बू रहेका छन् । त्यस्तै सन्जय लिम्बू, अर्जुन लिम्बू, साजन लिम्बू, बल ब. लिम्बू, पेम्बा राप्तेन शेर्पा र गोबा पासाङ शेर्पा रहेका छन् ।

पार्टी प्रवेश गर्नेमा विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेको नेता तथा कार्यकर्ता रहेको माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका पार्टी सचिव विनोद साँबाले जानकारी दिए ।
माओवादी पार्टीको निति र सिद्धान्त मन पराएर पार्टी प्रवेश गर्ने लहर चलेसँगै न्यायप्रेम्री श्रमिक जनता र देशको पक्षमा काम गर्ने थप हौसला मिलेको पार्टीका पालिका अध्यक्ष डण्डु लामाले बताए ।

तिल प्रसाद लिम्बूको अध्यक्षतामा १३ सदस्यीय योङ कम्यूनिष्ट लिग नेपाल गाउँ कमिटी गठन

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपालको मिक्वाखोला वडा न. ३ लिबाङको गाउँ कमिटी गठन भएको छ । योङ कम्यूनिष्ट लिग नेपाल गाउँ कमिटि लिबाङको शुक्रबार बसेको बैठकले तिल प्रसाद लिम्बुको अध्यक्षतामा १३ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा विनय लिम्बू , सचिव र सहसचिवमा क्रमस इन्द्र लिम्बू र नबिन लिम्बू, र कोषाध्यमा सुजन लिम्बू रहेका छन् । त्यस्तै सदस्यमा क्रमस सबिन लिम्बू, अभिशेक लिम्बू, सुरेन लिम्बू। सन्जय लिम्बू, विकेश लिम्बू, दिलेन्द्र लिम्बू मनिस साँबा लिम्बू र बल ब. लिम्बू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्