मेरिङदेनले थाल्यो समाबेशीको थालनी

फुर्बा शेर्पा

ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले समाबेशीलाई मध्यनजर गर्दै काम गर्न सुरु गरेको छ । गाउँपालिकाको प्रशासकीय भवनको सभाहलमा सबै जातिको पहिचान झल्किने गरि तस्विर राख्दै पालिकाले समावेशितालाई मध्यनजर गर्दै काम अघि बढाएको हो ।

यस अघि अन्य जातिको पहिचान झल्किने तस्विर भएपनि शेर्पा जातिको पहिचान झल्किने तस्विर स्पष्ट नदिएकोले तस्विर राख्नको लागि शेर्पा सम्वद्ध विभिन्न संघ संगठनले आवाज उठाएका थिए भने पालिकाले उनीहरुको माग सम्बोधन गर्दै पालिकामा सबै जातिको पहिचान झल्किने तस्विर राखेको हो ।

सबै जातीको समाबेशीता र पहिचानको सम्बोधन हुने गरि तस्बिर राखिएको गाउँपालिका अध्यक्ष युग हाङबिर हाङगाम (डम्बर­ं)ले बताए ।

साथै संबिधानमा लेखिएको अनुुसार र जनताहरुको मागलाई समेत ध्यानमा राखी हरेक काम जनमुखी तवरले गर्दै जाने समेत अध्यक्ष हाङगामको भनाई छ ।

गाउँपालिकाले २०७६ साल देखी जातिय बाहुल्यिताका आधारमा पालिकाका ६ वटा बिद्यालयहरुमा स्थानिय भाषालाई समेत कार्यान्वयनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्