प्रदेश संरचनामा रास्वपाको धेरै ठुलो आपत्ति छ : सभापति लामिछाने


ताप्लेजुङ । पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेले प्रदेश संरचनामा आफ्नो पार्टीको धेरै ठुलो आपत्ति रहेको बताएका छन् । बिहिबार रास्वपाको खुल्ला सभालाई सम्बोधन गर्न ताप्लेजुङ आईपुगेका सभापति लामिछानेले उक्त कुरा बताएका हुन् ।

उनले भने,“प्रदेश संरचनामा हाम्रो पार्टीको धेरै ठुलो आपत्ति रहेको छ । पार्टीका दोस्रो,तेस्रो र असन्तुष्ट नेताहरुको व्यवस्थापन गर्नका लागि बनाईएको हो भने यस्तो बेढङ्गको प्रदेश संरचनाले व्यवस्थालाई प्रश्न चिन्ह खडा गर्ने छ र मुलुकलाई कँहि पनि लैजादैन । यस्लाई परिवर्तन गर्न सकेनौँ भने यस्ले अहिलेको व्यवस्थालाई नै ठुलो पहिरोमा लानेछ । प्रदेशलाई ढङ्गको बनाउनौँ, यस्लाई कार्यकर्ता पोस्ने ठाउँ नबनाऔँ,मन्त्रालयहरु फुटाउने,आफ्ना मान्छेहरु भर्ति गर्ने ठाउँ नबनाऔँ भनेर नै गत निर्वाचनमा हामीलो भनेका हौँ । राजनीति केन्द्रबाट मात्रै संचालन गर्ने हो भने । यो व्यवस्था प्रति वितृष्णा धेरैको हुनेछ ।”


सभापति लामिछानेले राज्यका विभिन्न निकायमा पार्टीको भातृ संगठन खोलेर योग्य सक्षम मान्छेलाई खाँडी र विदेशमा ठेलेर आफ्नो पार्टीको दुनो सोझ्याउने आफ्ना लागि कुखुरो खुईलाउने मान्छेलाई राज्यको पद बाँड्ने अनि त्यस्ता भातृ संगठनले राज्यको दोहन गर्ने संयन्त्र रहेको र जुन संयन्त्र रास्वपाको नभएको दाबी गरे ।


साथै उनले भने,“ हाम्रो पाटीमा परिवारवाद छैन, अनेकौँ दलका नेताहरु आज भष्ट्रचारका मुद्धामा गनाएर जेलमा सडि रहेका छन् पार्टीको ठुलो पदमा बहाल छन् । तर रास्वपाले ७२ घण्टामा कारबाहि गर्छ भ्रष्ट्राचारी पाल्दैन । अनेकौँ दलका नेता काठमाडौँमा बसेर ताप्लेजुङमा कुन नेता पठाउने हो भनेर कोठा बसेर खास खुस खास खुस गरेर नेता बनाएर पठाईदिन्छन् तर रास्वपाले ताप्लेजुङ कै व्यक्तिलाई उम्मेदवार बनाउँछ ।”

त्यस्तै उनले थप भने“वर्षौसम्म हामी अनेकौ मुद्धामा विभाजित भयौँ तर जहाँ विभाजित हुनु पर्ने थियो त्यहाँ त भयौँ होला तर जहाँ विभाजित नहुनु पर्ने थियो त्यहाँ पनि विभाजित भयौँ । तर तपाई हामीलाई विभाजित गर्नेले राजनीतिको रोटि सेकेर यहाँ राम्रो विद्यालय , यहाँको राम्रो अस्पताल र यहाँको पर्यटनले के दिन सक्छ भन्ने कुरा सायद विर्सिए । किनकी केहि भोटको लोभमा केहि मानिसलाई मात्रै मन जित्ने एउटा राजनीति जुन ढङ्गले अगाडी बढ्यो मात्र राजनीति गर्नेहरुको व्यापार चल्यो व्यपार गर्नेहरुको त सटर बन्द भयो । ताप्लेजुङ पनि व्यापारका हिसाबले सुन सानै देख्छु । ताप्लेजुङलाई बनाउँछु भनेर जानेहरु कति बने कति बनेन् तर उनिहरुको परिवार,आफन्त र काठमाडौँको बसाईको रहन सहन र जिवन शैली हेर्दा प्रष्ट हुन्छ ।”


त्यस्तै उनले उपचार सेवामा विभेद नगरि उपचार सेवा प्रवाह गर्ने व्यवस्था गर्नको लागि, भ्रष्ट्रचारीहरुलाई कारबाहरीको दायरामा ल्याउनु नै पार्टीको मुख्य सिद्धान्त रहेको प्रष्ट पारे । साथै सभापति लामिछानेले भने,“आज यो देशका होनाहार युवाहरु संघिय सांसद छन् । यो देशका मुद्धाहरु सदनमा उठाई रहेका छन् । नागरिकका मुद्धा उठाई रहेका छन् । जनताको पक्षमा बोलि रहेका छन् । यो नै नयाँ राजनीतिक दल र स्थापित दल बिचको फरक हो । रास्वपाका एउटा मान्छे पनि छैन तिमी रास्वपमा गएउ भने कारबाही गर्छ भन्ने कुरा आई रहेको छ ।

उनीहरुलाई आजको यो उपस्थिती हेर्न र बाँकी २०८४ को निर्वाचन हेर्न आग्रह गर्दछु ।” राजनीति किन गर्ने र कस्ले गर्ने भन्ने कुराको परिभाषा बदलेनौँ भने हामी जस्ताको तस्तै हुने छौँ । उपस्थित जन समुदाय तिर देखाउँदै उनले भने विगत ३०÷३२ वर्षमा मुलुकमा देशमा के भयो भन्ने कुरा आज यहाँ यतिको संख्या छौ नि आज बेलुका त्रिभुवन विमानस्थलमा जाने हो भने यत्ति कै हुल जम्मा भएर देश छोडेर जान्छन् । यहि हो उपलब्धि । आज मुलुक कुन अवस्था पुगेको छ । मुलुक यो अवस्थामा आउन कस्ले भुमिका खेल्यो ? एक वर्ष अघि भर्खर खुलेको रास्वपा पार्टीले की वर्र्षौ देखि देशको राज्यसत्ताको दोहन गरेर राज्य सत्तालाई आफ्नो पेवा सम्झेर बसेका दलहरुले ?”


साथै सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा महिलाहरुको लागि छुट्टै बस संचालन गर्दा विरोध भएको प्रति भने आक्रोश व्यक्त गरे । उनले भने,“ मेरोे निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरे । जनताका हरेक प्रश्नको जवाफ दिएको थिँए । केहि मानिसले आलोचना गरे । एउटा देशमा पहिलो पटक नेपाली दिदिबहिनीहरुको लागि आमाहरुको लागी एउटा जाबो ३५ सिटे बस चल्दा यिनीहरुको बिरासत हल्लियो खुब समानताको कुरा गर्थे नारी पुरुष बराबर भन्थे ।

नारीहरुको लागि एउटा बस चल्दा रङ भएन ? टायर पनि खियो अब त्यस्मा पनि बिरोध गर्ने ? नेपाली महिलाहरुलाई सार्वजनिक यातायातमा विभेद गरिन्छ । विभिन्न किसिमको पिडा दिईन्छ । त्यस कारणले सार्वजनिक यातायातमा महिलाहरुलाई कुन मान्यता दिने भन्ने कुराको एउटा उदाहरण दिनु थियो । त्यहि भएर विल्यु बस संचालन गरेका थियाँै । मन लाग्ने पार्टीले रेड बस चलाए हुन्छ । तारै तारा हालेर बस चलाए हुन्छ । हरियो, निलो, रुख जे लगाएर चलाए नि हुन्छ त्यो कलर मेट्दिए पनि हुन्छ मात्र नेपाली आमा दिदी बहिनीहरुको सार्वजनिक यातायात सम्मानित हुनुप¥यो, सुरक्षित हुनु प¥यो ।”


समावेशीता बिनाको समाज को परिकल्पना नेपालले गर्न नसक्ने बताएका लामिछाने पहिचानको विषयमा भने खासै बोलेनन् ।
बहुुुसंख्यक मानिसले जे भन्छन् लोकतन्त्रमा त्यहि हुन्छ,जनताले जे भन्छन् त्यहि हुन्छ । तर अहिलेको अवस्थामा त्यस्तो नभएको भन्दै आफुहरु भए जनताले बोलेको कुरा अनुसार नै गर्ने विश्वास दिलाए ।


प्रतिक्रिया दिनुहोस्