सिरिजङ्घामा रास्वपाको कार्यालय खुल्यो

सिरिजङ्घामा रास्वपाको कार्यालय खुल्यो

राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले आफ्नो संंगठन बिस्तारको क्रमलाई गतिशिल बनाउदै लाने क्रममा २०८० भाद्र २९ गते शुक्रवार पार्टीको सिरिजङ्घा गाउँपालिका सम्पर्क कार्यालय तेल्लोकको विशाल चोकमा प्रदेश कमिटीका सदस्य इ. वीरेन्द्र श्रेष्ठले घण्टी बजाई ब्यानर पढेर शुभारम्भ गरेका छन ।

हाल सम्म पार्टीको सङ्गठन बिस्तार हुने क्रममा ४ वटा वडाहरु गठन भै सकेका र अन्य थप वडाहरु समेत बढिमा १ महिना भित्रमा गठन भै सक्ने जानकारी पालिका सम्पर्क सम्योजक भवानी प्रसाद दहालले जानकारी गराए ।


पालिका सम्पर्क शुभारम्भ कार्यक्रम अत्यन्तै सभ्य अनि भब्य तवरले सम्पन्न भयेको र पालिकाको थप सङ्गठन बिस्तार अब द्रुतगतिमा अघि बढाईने जानकारी पालिका सङ्गठन बिभाग सम्योजक मदन दहालले जानकारी गराएका छन ।

पालिकाको पदाधिकारी चयन प्रक्रिया अब केही दिनमै पुर्ण हुने छ भने र्यापिड एक्सन टिमको पालिका सम्योजकमा राम भण्डारि र सह सम्योजकमा सुशील थेबेलाई सर्वसम्मत चयन गरेका छन १ पालिकाको सचिवमा काजी थापालाई सर्वसम्मत चयन भएका छन ।

पालिकाको शुभारम्भ कार्यक्रममा स्थानिय बालकृष्ण मिश्र, नयनाथ तिवारी, गुनासो बिभाग जिल्ला सम्योजक लिला प्रसाद पौडेल, महिला तथा सामाजिक बिकास बिभागकि जिल्ला सम्योजक सुशिला कार्की भुटिया, नगर सचिव युवराज बराल, नगर सम्योजक राजन गुरुङ, क्षेतृय निर्वाचन समिती सचिव दुर्गा न्यौपाने, प्रदेश कमिटी सदस्य ई.वीरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यको क्रममा प्रदेश सदस्य श्रेष्ठले अब रास्वपाले द्रुतगतिमा आफ्नो वडा कमिटी गठन प्रक्रिया अगाडी बढाउने र पालिका भित्रका बेथितीको खोजी गरि निर्मुल पार्ने कार्य गर्ने छ भने अथाह स्रोत भएको सिरिजङ्घाको संभावनाहरु केलाई सिनाम पुछार कावेली दोभान देखि कन्चनजङ्घा सम्मका ८ वटै वडाहरुको आफ्नो आफ्नो बिशेषता केलाई एक सबल, स्वनिर्भर पालिका बनाउन लागि पर्ने बताए साथै पुर्व पालिका अध्यक्ष टिकाराम गुरुङले चर्चामा ल्याएका कन्चनजङ्घाको पानी हाम्रो आम्दानीको योजना सिरिजङ्घा बासी र बढिमा जिल्ला बासिको सहयोगमा गर्नु पर्ने र झापाको कुवाबाट निकालिएको महँगो तर अस्वस्थ पानीको कारण ताप्लेजुङले स्वास्थ र पैसा दुबै गुमाएको जानकारी समेत गराए । कृषि, पर्यटन, जलविद्युत, शैक्षिक क्षेत्रलाई अधिकतम उपभोग गरि सिङ्गो सिरिजङ्घा मात्र नभै जिल्लालाई नै टेवा हुने काम यहि पालिकाबाट गर्न सकिने जानकारी गराए ।

कार्यक्रमको अध्यक्षता गरेका पालिका सम्पर्क सम्योजक भवानी प्रसाद दहालले पुर्वी कुनामा रहेको सिरिजङ्घा गाउँपालिकामा समेत रास्वपाको क्रेज ह्वात्तै बढेको र चाडै ८ वटै वार्ड गठन गरि पालिकाका बिभाग र पदाधिकारीहरु चयन गरिने जानकारी गराउदै उपस्थित समस्त महानुभाव, बक्ताहरु र निर्वाचन क्षेतृय सदस्य निर्मला खिम्दिङलाई आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्