दोखुमा सम्पन्न ताप्लेजुङ वडा स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनलाई


ताप्लेजुङ । ताप्लेजुङको दोखुमा सम्पन्न ताप्लेजुङ वडा स्तरीय प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले हात पारेको छ । आज सम्पन्न फाईनल खेलमा पाथीभरा याङवरक गाउँपालिका ३ तिरिङगेलाई ३–२ को सेटमा पराजित गर्दै थुम्बेदिनले उपाधि चुम्न सफल भएको हो ।

थुम्बेदिनले पहिलो सेटमा २०–२५ को नतिजामा हार व्यहोरेको थियो । दोश्रो र तेश्रो सेटमा थुम्बेदिनले क्रमश २५–१५ र २५–१९ को नतिजा निकाल्दै विजयी सुरुवात गरेको थियो । त्यस्तै चौथो सेटमा २१–२५ अंकका साथ पुन हार व्यहोर्न बाध्य भएको थुम्बेदिनले अन्तिम सेटमा १५–१३ को नतिजासँगै उपाधि पोल्टामा पा¥यो । विजयी टीमले नगद ८० हजार प्राप्त गर्दा उपविजेता बनेको तिरिङगेले ५० हजारमा चित्त बुझाएको छ ।

दुवैटीमले नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । फुङलिङ नगरपालिकाको ८ नं. वडा कार्यालय दोखुद्वारा आयोजित खेलमा ताप्लेजुङका २३ ओटा वडाले सहभागिता जनाएका थिए । खेल गत भदौ ३० गतेबाट सुरुवात भएको हो । खेलसँगै डोरी तान्ने, भाले झार्ने, छेलो हान्ने र स्थानीय कलाकारको साथमा बृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्