मिक्वाखोला – ४, साँबामा वाइसीएल वडा कमिटी गठन

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ साँबामा योङ कम्युनिस्ट लीग नेपाल (वाइसीएल)को वडा कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रुपमा रहेको (वाइसीएल)को शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले अशोक साँवा अध्यक्ष रहेको २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
। वडा कमिटीको उपाध्यक्षद्वयमा अमर थलङ र बिक्रम साँवा, सचिवमा नयन लिबाङ, सह–सचिवहरुमा सुमन साँवा, दिलकुमार साँवा, दाफुटी शेर्पा, मणिकुमार थलङ र कोषाध्यक्षमा सुरेश थलङ चयन भएका छन्।
त्यस्तै सदस्यमा क्रमस, आजेन थलङ, हरी थलङ, पुरन थलङ, दिपराज गुरुङ, प्रकाश गुरुङ, सुजन थलङ, सुरेश थलङ, सुनिल साँँबा, अविनास थलङ, आयुष लिबाङ दिल कुमार साँबा र कर्णहाङ थलङ रहेका छन् ।

वडा सम्मेलनमा नेकपा (माओवादी केन्द्र) जिल्ला सचिव सागरमणि गौतम, प्रदेश समिति सदस्य सुरज ओझा, मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष डण्डु लामा, इन्चार्ज उजाड लिम्बू, वाइसीएलका जिल्ला अध्यक्ष कैलास माबो लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

ताप्लेजुङको मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

जिल्लाको मिक्वाखोला गाउँपालिकाको साँबा र खोक्लिङमा काँग्रेस र एमाले परित्याग गरेर दर्जनौ नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय सर्कुलर अनुसार “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शनिबार साबाँमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।
हाल माओवादी केन्द्रले गत भदौ १५ देखि सुरु गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत जिल्लाभर पार्टी, वाइसीएल, महिला, विद्यार्थीलगायत विभिन्न जनवर्गीय संगठनहरुको भेला साथै सम्मेलनहरु गरी कमिटी चयन तथा पुनर्गठन गर्दै आएको छ । त्यस्तै बैठक तथा प्रशिक्षण लगायतका गतिविधिहरु पनि सञ्चालन गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्