याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन


काठमाडौं ।
याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङको अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यमा क्रमसः कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बामा निर्वाचित भएका छन । भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ वर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारलार्र्इ मासिक ११५१ रुपैयाँका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।


प्रतिक्रिया दिनुहोस्