अपर काबेली हाइड्रोको स्काईभेटर अनियन्त्रित भई काबेली नदीमा पर्यो, चालक सकुशल

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित निर्माणाधिन अपर काबेली जल बिद्युत आयोजनाको स्काईभेटर आफैं अनियन्त्रित भई नजिकै रहेको कावेली खोलामा डुबेको छ ।

काबेली नदीको माथिल्लो किनारमा काम गर्ने क्रममा बागमति प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर काबेली खोलमा डुबेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्