सिरिजङ्गाले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएकालाई कम्तिमा एकबर्ष गाउँमै जागिर दिने

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आफैंले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएका बिद्यार्थीलाई कम्तिमा एकबर्ष सम्म गाउँपालिकामै जागिर दिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पालिकाको छात्रवृत्तिमार्फत प्राविधिक शिक्षा९प्रविणता प्रमाण–पत्र तह वा सो सरह०को अध्ययन पूरा गरेकालाई करार सेवामा लिई कामकाजमा खटाइने छ । सिरिजङ्गा गाउँकार्यपालिकाको बैठकले गरेको उक्त निर्णय अनुसार पालिकाको छात्रबृत्तिमार्फत प्राविधिक शिक्षा पूरा गरेका बिद्यार्थीहरुले पालिकामा आबेदन दिनुपर्ने हुन्छ । पालिकाले आबेदकबाट नेपाली नागरिकताको प्रमाण–पत्र प्रतिलिपि,शैक्षिक योग्यताका सम्पूर्ण सक्कल कागजात,आबेदकको सम्वन्धित वडाको सिफारिस र प्राविधिक शिक्षा अध्ययन सुरु गर्नुपूर्व गाउँ कार्यपालिकाको कार्यालयसंग गरिएको कवुलियतनामा माग गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार छनौट भएकालाई कम्तिमा एकबर्ष सम्म नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिइने छ । ८ वटा वडा रहेको सिरिजङ्गाले सामुदायिक बिद्यालयबाट एसईई परीक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने प्रत्येक वडाका एक–एकजना बिद्यार्थीलाई प्रत्येक बर्ष प्राविधिक बिधा ९प्रविणता प्रमाण–पत्र तह वा सो सरह०को अध्यापन गराउने गरी छात्रवृत्ति सम्वन्धी ऐन २०७८ जारी गरेको छ । सो ऐनको परिच्छेद–६ मा प्राविधिक शिक्षा छात्रवृत्ति सम्वन्धी व्यवस्था छ ।

ऐन अनुसार गाउँपालिका क्षेत्र भित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नेगरी पालिकाले आवास सहितको छात्रवृत्ति उपलब्ध गराउने भनिएको छ । सो ऐनको परिच्छेद– ६ नं १० मा छात्रवृत्तिमा छनौट भएको बिद्यार्थीले अध्ययन सम्पन्न भएपश्चात जुन वडाबाट छात्रवृत्ति प्राप्त गरी अध्ययनमा गएको हो,सोहि वडामा कम्तिमा एकबर्ष सम्म अनिवार्य सेवा गर्नेगरी अनिवार्य कवुलियतनामा गर्नुपर्ने व्यवस्था छ । सोहि अनुसार पालिकाको छात्रवृत्ति पाएर अध्ययन पूरा गरेका बिद्यार्थीहरुलाई गाउँमै रोजगारीको अवसर दिइन लागेको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्