भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू रहनु भएको छ ।

चाडपर्व लक्षित लामो दुरीको गस्ति गर्ने क्रममा आफ्नै घरमा लुकाई छिपाइ राखेको एकथान भरुवा बन्दुक सहित प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्