मनाङेलाई जेल चलान

काठमाडौँ / महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार जेल चलान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्