राष्ट्रियसभामा पनि एमाले-माओवादीको वर्चस्व (सूची सहित)

काठमाडाैं, २४ माघ संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको छ । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । बुधबार राति सार्वजनिक परिणामअनुसार एमाले र मा‌ओवादी केन्द्रको वर्चस्व भएको छ ।

बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा वामगठबन्धनका उम्मेदवारहरु जित्ने स्पष्ट अंकगणित यसअघि नै स्पष्ट थियो,  सोही वाम गठबन्धनका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् । राष्ट्रियसभा वामगठबन्धनमय बनेको छ ।

प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएकोले त्यहाँ मतदान नहुने भएको छ । नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन् । बुधबार ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका थिए ।प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता थिए ।

 

हेर्नुहोस् सूची :

प्रदेश १
अन्य समूहतर्फ
परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस
महिलातर्फ
नैनकला ओझा (निर्विरोध), एमाले
विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस
दलिततर्फ
खेमराज नेपाली (निर्वाचित), एमाले
अपाङ्ग/अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले
प्रदेश २
अन्य समूहतर्फ
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले
महिलातर्फ
शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल
अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा
दलिततर्फ
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल
 
प्रदेश ३
अन्य समूहमा
बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले
राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस
रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र
महिलातर्फ
उदया शर्मा पौडेल (निर्वाचित), एमाले
दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस
दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमाले
प्रदेश ४
अन्य समूहतर्फ
गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले
दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र
सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस
महिलातर्फ
शान्तिकुमारी जिसी (निर्वाचित), एमाले
दीपा गुरूङ (निर्वाचित), एमाले
विन्दादेवी आले (निर्वाचित), कांग्रेस
दलिततर्फ
खिमकुमार विक (निर्वाचित),एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस
प्रदेश ५
अन्य समूहतर्फ
खिमलाल भट्टराई (निर्वाचित), एमाले
चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र
दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस
महिलातर्फ
अनिता देवकोटा (निर्विरोध), कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले
दलिततर्फ
रामलखन चमार (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र
प्रदेश६
अन्य समूह
मत गणना जारी
महिलातर्फ
कविता बोगटी (निर्वाचित), एमाले
नन्दा शर्मा (निर्वाचित), एमाले
युटुल लामा (निर्वाचित), माओवादी केन्द्र
दलिततर्फ
नरपति लोहार (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
जीवन बुढा(निर्वाचित), माओवादी केन्द्र
प्रदेश ७
अन्य समूहतर्फ
शेरबहादुर कुँवर (निर्विरोध), एमाले
हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
बद्री पाण्डे (निर्विरोध), कांग्रेस
महिलातर्फ
इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस
दलिततर्फ
चक्र स्नेही (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961