आर्सेन वेंगरले २२ वर्षपछि आर्सनल छाड्दै

काठमाडौं / २२ वर्षदेखि इंगलिस क्लब आर्सनल सम्हालिरहेका प्रशिक्षक आर्सेन वेंगरले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् । उनले अन्तिम पटक दुई वर्षका लागि गरेको सम्झौताको एक वर्ष पूरा भएपछि आर्सनल छाड्ने निर्णय गरेका छन् । यो सिजन आर्सनल प्रिमियर लिगको छैठौं स्थानमा छ ।

फाइल तस्बिर

आर्सनलको ३३ खेलमा ५४ अंक रहेको छ । पाँचौ स्थानको चेल्सीको ३४ खेलमा ६३ अंक र चौथो स्थानको टोटनहृयामको ३४ खेलमा ६८ अंक रहेको छ । अन्तिम चारमा समेत स्थान बनाउन नसकेका कारण वेंगरको आलोचना भइरहेको थियो । फ्रान्सका ६८ वर्षे वेंगरले आर्सनललाई तीन प्रिमियर लिग उपाधि, ७ एफए कप जिताएका छन् । उनको प्रशिक्षणमा आर्सनलले प्रिमियर लिगको ८२३ खेलमा ४७३ मा जित हासिल गरेको छ भने १५१ मा हार व्यहोरेको छ ।

फाइल तस्बिर

यत्रो सम्झनलायक वर्षसम्म म आर्सनलमा रहेर सेवा गर्न पाउँदा आभारी छु’ उनले भने, ‘मैले पूर्ण प्रतिबद्ध रहेर निष्ठासाथ क्लबमा काम गरेँ । आर्सनललाई माया गर्ने सबैलाई अनुरोध क्लबको मान सम्मान र मर्यादाको ख्याल राख्नु होला’ उनले भने । आर्सनलका एक सेयरहोल्डर स्ट्यान क्रोन्केले वेंगरले क्लब छाड्न लागेको बताउँदै फुटबलमा आफूहरुको अहिलेसम्मकै दुःखद स्थिति आइपरेको प्रतिक्रिया दिएका छन् ।

हामी आर्सनलसँग जोडिनुको एउटा प्रमुख कारण भनेकै वेंगर हुन् । जसले मैदान र मैदानबाहिर पनि आर्सनलका लागि धेरै गरेका छन्’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्