बालिका बलात्कार गर्ने १५ वर्षीय किशोरलाई जेल सजाय

उदयपुर / उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेका थिए । लगत्तै पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए ।


प्रतिक्रिया दिनुहोस्