च्याम्पियन्स लिगमा बायर्न, रियलबीच अहिले सम्मको नतिजा

किभ /  च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको रियल म्याड्रिडले जर्मनीको बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेग बायर्नको घरेलु मैदानमा बुधबार नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ ।

फाइल तस्बिर

दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। रियल प्रतियोगिताको साविक विजेता हो। रियलले कुल १२ पटक च्याम्पियन्स लिग उपाधि जितेको छ भने बायर्न ५ पटकको विजेता हो। यसअघि बायर्न र रियल च्याम्पियन्स लिगमा २२ पटक भेटेका छन्। जसमध्ये बायर्नले ११ जित निकालेको छ भने रियलको नाममा ९ जित छ, त्यस्तै ९ खेलमा बराबरी खेलेका छन्।

यी दुई टोली ६ पटक सेमिफाइनलमा भिडेका छन्, जसमा बायर्नले ४ पटक रियललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ भने रियल २ पटक बायर्नलाई पराजित गर्न सफल भएको छ। यी दुई टोलीबीच च्याम्पियन्स लिगमा पछिल्लो भेट २०१३र१४ को सेमिफाइनलमा भएको थियो। रियलले घरेलु मैदानमा १-० ले अग्रता लिँदै बायर्नको घरमा ४-० ले विजयी भएको थियो। यस भेटमा जर्मन क्लब त्यसै पराजयको बदला लिने दाउमा हुनेछ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्