पेस्तोल र गोलीसहित एक पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी वृत्त दरबारमार्गले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ठमेल ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई आज दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्