प्रतिशत तोकेर एकता नहुने माओवादी बैठकको निश्कर्ष

काठमाडौं / माओवादीले एमालेसँगको पार्टी एकता प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ ।माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका हुन ।

बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुँने भन्दै आफुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा कुराकानी गरेको बैठकमा प्रचण्डले जानकारी दिएका थिएका छन।आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको थियो ।

माओवादी नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले विफ्रिङ गरेका थिए ।दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने तयारी थियो ।तर  केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन । त्यसैबीच प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।


प्रतिक्रिया दिनुहोस्