लामो विवाद र अनिश्चयपछि माओवादीले छुट्टै ब्यानर टाँगेपछि पार्टी एकता दिवस कार्यक्रम सुरु प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १६:२२ र नेकपा एमाले र माओवादीको संयुक्त कार्यक्रममा एमालेका दिवंगत नेताहरुको तस्वीरयुक्त बोर्ड टाँगिएपछि सुरु भएको विवाद माओवादी केन्द्रले छुट्टै ब्यानर ल्याएर टाँगेपछि साम्य भएको छ। झण्डै तीन घण्टा लामो विवाद र अनिश्चयपछि माओवादी केन्द्रले छुट्टै ब्यानर टाँगेपछि पार्टी एकता स्थापना दिवसको कार्यक्रम संयुक्त रुपमा सुरु भएको छ। माओवादी केन्द्रले निर्माण गरेको ब्यानरमा विश्व कम्युनिष्ट आन्दोलनका पाँच हस्ती नेताहरु मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राखेका छन्। कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित छन्। कार्यक्रमको उद्घोषण एमालेका सचिव विष्णु पौडेलले गरेका छन्।