मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक

विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका-६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राईले उनीहरुलाई स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका छन् । मुख्यमन्त्रीलाई अभिभावक पाएका उनीहरु अल्पसंख्याक र सीमान्तकृत समु्दायमा पर्दछ्न ।आभिभावक आर्थिकस्थिति न्यून रहेका ती परिवारका ५ वर्षीय खातुन, ६ वर्षीय सुर्दशन र ६ वर्षीय विनोद नर्सरीमा भर्ना भएका छन् ।सरकारले १ वैशाख देखि १४ गतेसम्मका लागि विधार्थी अभियान सञ्चालन गरेको छ ।

सरस्वती माविमा आयोजित विधार्थी भर्ना अभियानमा तीन विधार्थीको अभिभावकत्व ग्रहण गदै मुख्यमन्त्री राईले कक्षा १० सम्मको पठनपाठनको जिम्मा लिएका छन् ।रतुवामाई नगरपालिकाले उनीहरुको लागि पाठ्यपुरुतक र पोशाकको व्यवस्था गरेको थियो ।नगरपालिकाले सहयोग गरेको पाठ्यपुस्तक र पोशाक मुख्यमन्त्री राईले उनीहरुलाई प्रदान गरेका थिए । विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले सुरु गरेको अभियानमा मुख्यमन्त्री राई पहिलो पल्ट अभिभावक बनेका हुन ।विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री राईले अभिावकत्व गहण गरेका तीन बालबालिकाको सम्पुर्ण पठाइको जिम्मा आफूले लिने बताए ।


प्रतिक्रिया दिनुहोस्