क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्छ : मन्त्री बिना मगर

चितवन / खानेपानी मन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।कञ्चनपुरबाट क्यान्सर जाचका लागि आएका बिरामी भेट्न अस्पताल पुग्नुभएकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताउनुभएको हो ।

क्यान्सरको समस्या देशैभरि विकराल छ, क्यान्सरको जाच र उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ,झ उहाँले भन्नुभयो, क्यान्सरको उपचारका लागि विश्वासिलो बनेको अस्पताल सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्छ ।
गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सरको समस्या रहेको उहाँले बताउनुभयो । ञकञ्चनपुरमा क्यान्सर जाच शिविर सञ्चालन गर्दा विकराल अवस्था देखियो, उहाँले भन्नुभयो, ञसबै महिलाको क्यान्सर जाच र उपचारका लागि अस्पतालले क्षमता बढाउनुपर्छ ।झ मन्त्री बिना मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरमा गत चैत १८ गतेदेखि २१ गतेसम्म सञ्चालित स्तन तथा पाठेघरको मुखको क्यान्सरको जाच शिविरमा झण्डै २ हजार महिलाले स्वास्थ्य जाच गरेका थिए ।

शिविरमा क्यान्सरको आशङ्का गरिएका १४ जना महिला विशेषज्ञ जाचका लागि चितवन आएका छन् । विशेषज्ञ जाचका आधारमा उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार १४ जनामध्ये ४ जनाको पाठेघरको मुखमा मासु पलाएको, ४ जनाको पाठेघरमा घाउ भएको र ६ जनाको पाठेघरको पानी खसेको प्रारम्भिक जाचमा देखिएको थियो । ञ१ हप्तापछि जाचको अन्तिम रिपोर्ट आउने छ,झ उहाँले भन्नुभयो ।

मन्त्री मगरको स्वागत कार्यक्रममा बोल्दै अस्पतालका निमित्त कार्यकारी निर्देशक शिवजी पौडेलले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ञक्यान्सर अस्पताल मेडिकल सिटीको मेरुदण्ड हो,झ उहाँले भन्नुभयो, ञकेन्द्रीय अस्पताल भएकाले क्यान्सर अस्पताल केन्द्रीय राजनीति र सरकारका योजनाबाट प्रभावित हुन्छ ।झ अस्पताललाई २ सय सैय्याको बनाउन र नयाँ उपकरण जडान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्