पुलिस माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम, / इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

                                                                         फाइल तस्बिर

भारत कोलकाताको दुर्गापुर स्टिललाई ३–१ ले हराउँदै ए डिभिजन टोली पुलिस प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । पुलिसलाई जित दिलाउन रेजिन सुब्बा, सुमन लामा र रवि पासवानले गोल गरेका थिए । पाहुना गोलका लागि सैगुनले गोल गरे । पुलिसले वैशाख १३ गते क्वार्टरफाइनलमा अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ ।

१–१ को अवस्थापछिको इन्जुरी समयमा पुलिसले २ गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा सुमन र तेस्रो मिनेटमा रविले गोल गरेका थिए । त्यसअघि रेजिनको गोलबाट पुलिसले ३६ औं मिनेटमा अग्रता लिएको थियो ।
तर, सैगुनले ४७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा लगेका थिए । पुलिसका रेजिन सुब्बा खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ र चाँदीको पदक प्राप्त गरे ।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा सोमबार आयोजक माइभ्याली फुटबल क्लबले ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दको सामाना गर्नेछ । आयोजकले पहिलो खेलमा कास्की ११ पोखरालाई हराएको थियो भने मनाङ वाइ पाएर क्वार्टरफाइनल खेल्ने तयारीमा छ । प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्