प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौँ / ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आज शंकास्पद वस्तु विस्फोटन भएको छ।

                                                           फाइल तस्बिर

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्