काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो (भिडियो सहित)

तस्विर स्रोत : अल जजीरा

काबुल, अफगानिस्तान / अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ ।

कावुलमा घाइतेहरुलाई अस्पताल लादै आफन्तहरु । तस्विर स्रोत : अल जजीरा

नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०:१० मा घटना भएको प्रहरीले जनाएको छ । आक्रमणकारी अन्य नागरिक झैँ उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो ।

तस्विर स्रोत : अल जजीरा

घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतक सङ्ख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । रासस/सिन्ह्वा

-भिडियो

http://

 


प्रतिक्रिया दिनुहोस्