एमाले र माओवादीले ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम नपाउने

काठमाडौं, फागुन ८। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पार्टीका अध्यक्ष। तस्बिरस् एमाले नेता प्रदीप ज्ञवालीको ट्विटरबाट।

नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि राख्ने भनेर रोजेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएको छ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो।

आयोगका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघि देखि नै आयोगमा दर्ता छ।

नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएको छ। चन्दले आयोगमा दल दर्ता गराएका छैनन्।

आयोगले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो।

आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्दैन। योसँगै दुई ठूला वाम गठबन्धनले अर्को नाम जुराउनु पर्ने हुन्छ।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आव्हान गर्दा पनि नेपाल कम्युनिष्ट पार्टीले आवेदन दिएको थियो।

त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिष्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १९ङ० मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ।

यसअघि मधेस केन्द्रीत दलहरु एक भएर राष्ट्रिय जनता पार्टीको नाममा दर्ताका लागि आयोग पुगेका बेला पनि दर्ताका लागि अस्वीकार गरिदिएको थियो। पछि राजपाले नामको पछाडि नेपाल शब्द जोडेको थियो।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद र लेनिनवाद’ रहनेछ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961