प्रदेश प्रमुख काइरालाले विशेष बैठकलाई आज सम्बोधन गर्दै

हेटौँडा,/ प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई आज मङ्गलबार सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताउनुभएको छ।

नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्