बनेपामा शव फेला

बनेपा / बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०/४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्