चिनियाँ सेनाले गर्‍यो विशाल सैन्यअभ्यास

चिनियाँ सेनाले पूर्वी चीन सागरमा विशाल सैन्य अभ्यास गरेको छ। सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार जनमुक्ति सेनाले जल तथा हवाइ सैन्य अभ्यास गरेको हो।

प्रशान्त महासागरमा सैन्य अभ्यासमा सहभागी विमानबाहक जहाज लायोनिङ रोयटर्स

 

सो अभ्यासमा लायोनिङ विमानबाहक जहाज र जे–१५ लिडाकु विमान सहभागी रहेको बताइएको छ। अभ्यासमा हवाइ प्रतिरोधी तथा पण्डुब्बी प्रतिरोधी युद्ध अभ्यास गरिएको थियो। गत १० दिनयता चिनियाँ सेनाले प्रशान्त महासागर, दक्षिण चीन सागर, ताइवान जलसन्धिलगायतका स्थानमा सैन्य अभ्यास गरिरहेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्