च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा बायर्न र रियल भिड्दै

म्युनिख / च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले घरेलु मैदान एलिनाज एरिनामा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल आज नेपाली समय अनुसार रातको १२स्३० बजे सुरु हुँदैछ ।

दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। यसअघि बायर्न र रियल च्याम्पियन्स लिगमा २२ पटक भेटेका छन्। जसमध्ये बायर्नले ११ जित निकालेको छ भने रियलको नाममा ९ जित छ, त्यस्तै ९ खेलमा बराबरी खेलेका छन्। यी दुई टोली ६ पटक सेमिफाइनलमा भिडेका छन्, जसमा बायर्नले ४ पटक रियललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ भने रियल २ पटक बायर्नलाई पराजित गर्न सफल भएको छ।

यी दुई टोलीबीच च्याम्पियन्स लिगमा पछिल्लो भेट २०१३र१४ को सेमिफाइनलमा भएको थियो। रियलले घरेलु मैदानमा १-० ले अग्रता लिँदै बायर्नको घरमा ४-० ले विजयी भएको थियो। यस भेटमा जर्मन क्लब त्यसै पराजयको बदला लिने दाउमा हुनेछ। रियलले युभेन्टसलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो भने बायर्न म्युनिखले क्वाटरफाइनलमा सेभिल्लालाई पराजित गरेको हो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्