राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले म्यानमार र बङ्गलादेशको भ्रमण गर्ने

संयुक्त राष्ट्र संघ / संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधि बङ्गलादेश र म्यानमारको भ्रमण गर्ने भएका छन् । विश्वको अत्यन्त नाजुक शरणार्थी समस्याको रुपमा रहेको रोहिग्या मुसलमान समूदायको समस्याको अर्को चरणको सम्बोधनको लागि सुरक्षा परिषद्का प्रतिनिधिले त्यहाँको भ्रमण शनिबारबाट शुरु गर्ने जानकारी दिएका हुन । सैनिक दमनको कारण करिब सात लाख रोहिग्या मुसलमान म्यानमारको राखिन राज्यबाट विस्थापित भई बङ्गलादेशको शरणार्थी शिविरमा पुगेपछि म्यानमारमा जारी यो समस्या अन्तरराष्ट्रियरुपमा छानवीनको विषय बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्