सीमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि २५ औँ वैवाहिक बर्षगाँठ मनाए शिक्षक दम्पतीले

मुग्लिन,१४ बैशाख । शिक्षक दम्पतीले २५ औँ वैवाहिक बर्षगाँठ विद्यर्थाीहरुसंग मनाएका छन् । त्रिवेणी वराह मावि इच्छाकामना ४ मुग्लिनमा शुक्रबार विहान कक्षा संचालन हुन पूर्व सिमान्तकृत र विपन्न परिवारका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर शिक्षक दम्पती यूवराज लामा र इन्द्रमाया लामाले २५ औँ वैवाहिक बर्षगाँठ मनाएका हुन् ।
विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा एक कार्यक्रम गरि कक्षा २ देखि कक्षा ८ सम्मका गरिवि र सिमान्तकृत समुदायका जलीसा चेपाङ, रेखा चेपाङ, एप्पी बुढामगर, सञ्जिता चेपाङ, विष्णु चेपाङ, विशाल चेपाङ, समुन्द्र चेपाङ, पुजन आले, विमा गुरुङ र मुनादेवि नेपालीलाई विद्यालय पोशाक, जुत्ता,झोला, स्टेशनरी सामानहरु कापी कलम ज्यामिति बक्स वितरण गरेका हुन् ।

उनिहरुले आफुहरुलाई शिक्षाले नै चिनाएकोले शिक्षाका लागि नै योगदान गर्ने बताएका थिए । विवाह बर्षको उत्सव अन्य कार्यक्रम भन्दा पनि सामाजिक कार्य गरेर मनाउन अरुलाई पनि प्रेरणा मिल्ने उनिहरुको विश्वास छ ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ प्रदेश न ३ का सदस्य समेत रहेकी इन्द्रमाया लामाले भनिन्“ हामीलाई शिक्षाले नै चिनायो २१ बर्ष देखि यस विद्यालयमासंगै अध्यापन गराउदैँ आएका छौँ, हाम्रो जीवन शिक्षका लागि नै समर्पीत गर्नेछौँ त्यासैले आज विवाहको २५ औँ गाँठ  पुरा गरेको अवसरमा सिमान्तकृत र विपन्न विद्यार्थीलाई सहयोग गरि मनाएका हौँ ।” धर्म र पुण्य दीन दुखीको सहयोगमा प्राप्त हुने भन्दै लामाले अरुलाई पनि सहयोग गर्ने प्रेरणा मिल्ने विश्वास गरिन्।

शिक्षक यूवराज लामा विद्यालयका प्रधानाध्यापक हुन् । उनि विगत २३ बर्ष देखि शिक्षण पेशालाई अगांल्दै त्रिवेणी वराह मावि मुग्लिनमा अध्यापन गराउदैँ आएका छन् ।
श्रीमती इन्द्रमाया लामा पनि २१ बर्षदेखि त्रिवेणी वराह मुग्लिनमा नै अध्यापन गराउदैँ आएकी छिन् । उनि नेपाल शिक्षक संघ प्रदेश ३ का प्रदेश सभा सदस्य हुन् ।

 

 


प्रतिक्रिया दिनुहोस्