बाढीपीडितको समस्या समाधान गर्छौँ ज्वालाको प्रतिबद्धता

आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश ज्वालाले प्रदेशका बाढीपीडितको समस्या समाधान गरेर प्रदेश सरकारको बजेट कार्यन्वयनमा लैजाने बताएका छन्।


फाइल तस्विर

झण्डाई चार वर्ष देखि सुर्खेतको विभिन्न ठाउँमा सयौं बाढीपीडित परिवार पालमुनि दिन बिताइरहेका छन्। बाढीपीडितलाई छाना उपलब्ध गराउने कामबाट प्रदेशको बजेट कार्यन्वयन हुने ज्वालाले बताए। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश सरकारले सदनमा पेश गरेको बजेटको विषयमा पत्रकारहरूसँगको अन्र्तक्रिया कार्यक्रममा अहिलेको बजेट प्रदेश सरकारले के काम गर्ने, कसरी गर्ने, कति गर्ने, कानुनी रूपमा अस्पष्ट हुँदाहुँदै पनि खतरा मोलेर पहिलो बजेट ल्याएको बताए।

स्थानीय सरकारको कार्यक्षेत्र र केन्द्र सरकारको कार्यक्षेत्रको बीचमा रहेको प्रदेश सरकारले कानुन र ऐनहरू नबनेको अवस्थामा विस्तृत र दीर्घकालीन रूपमा बजेट ल्यााएको बताए। तत्काल असार मसान्तभित्र सम्पन्न गर्न सकिने योजनामा रकम विन्योजन गरिएको तर दिर्घकालीन योजनाको लागि ठोस रूपमा बजेट छुट्टयाउन नसकिएको उनको भनाइ छ। बजेटको छोटो अवधि र सानो आकारको बजेट भएकाले पनि बजेट विनियोजनमा समस्या भएको मन्त्री ज्वालाले गुनासो पोखे।


प्रतिक्रिया दिनुहोस्