ट्रक र ट्रयाक्टर एकसाथ दुर्घटना, चालक सहित तिन जना घाईते

ताप्लेजु / ताप्लेजुको श्रीजंघा गाँउ पालिका वडा नं. १ र २ को सिमानामा रहेको नेवु खोलामा गोलिया वोकेको ट्रक र ट्रयाक्टर आज बिहान करिव ६:३० वजे दुर्घटना भएको छ । खाम्देम्वे वजार देखि गोलिया वोकेर विर्तामोड तिर जाँदै गरेको मे.अ.ख. २००० नम्वरको ट्रक कच्ची वाटोमा फसेको अवस्थामा मे.अ.ख. ३४७७ नम्वरको ट्रयाक्टरले तान्ने क्रममा दुवै सवारी साधन एकैसाथ दुर्घटना ग्रस्त भएको हो ।

                    तस्विर: सन्तोष थेवेको फेसवुकवाट

उक्त दुर्घटनामा ट्रक चालक सहित तिन जना घाईते भएका छन् । सह-चालकहरुको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने चालकलाई जिल्ला अस्पताल ताप्लेजमा उपचारको लागि पठाइएको छ । गाडि सडकवाट करिव ४० मिटर एकैसाथ तल खसि क्षतिग्रस्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्