काठमाडौंमा अवको दुई वर्षभित्र मोनोरेल

काठमाडौं / चिनियाँ रेल्वे कम्पनी (सीआरसीसी)ले काठमाडौं महानगरपालिकालाई चक्रपथमा मोनोरेल निर्माणका लागि प्रस्ताव गरेको छ । काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले चिनियाँ सरकारको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीले (पीपीपी) र (वीओओटी) मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए । चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ ।, आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्