कतारमा समातिए फेरी अर्को ६ नेपालीका हत्यारा हुसेन। नेपालमै ल्याएर इन्काउन्टर गरिने ।

कतारमा इन्टरपोलद्वारा केही दिन अघि पक्राउ गरिएका ४२ वर्षीय सकिन हुसेनलाई कतार प्रहरीले पक्राउ गरेको हो। काठमाडौस्थित त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीले नियन्त्रणमा लिने व्यवस्था मिलाइएको सिआइबीका प्रवत्ता जीवन श्रेष्ठले बताए ।

शृंखलावद्ध हत्यामा आफ्ना सहयोगीहरू पक्राउ परेपछि उनी ४ वर्षअघि कतार पुगेका हुसेनका बारेमा नियमीत रूपमा नेपाल प्रहरीले इन्टरपोलसँग समन्वय गर्दै आएको थियो।

६ जनालाई हत्या गरी हुसेन चार वर्ष अघि कतार गएका थिए । नेपाल प्रहरीले पटक पटक पक्राउ गर्ने प्रयास गरे पनि कतारी मालिकले सहयोग नगर्दा प्रहरीलाई पक्राउ गर्न गाह्रो भइरहेको थियो । त्यसपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो ।

‘कतार र साउदीको सीमा क्षेत्रमा एक जनाको घरमा काम गर्दै आएका हुसेनलाई पक्राउ गर्न गएका बेला मालिकले समेत लुकाउएका थिए,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘उनलाई कतार प्रहरीले दोस्रो पटकमा पक्राउ गरेको हो।’

उनले कारागारमा रहेका कैदीलाई छुटाईदिने भन्दै आफन्तलाई प्रलोभनमा पारि रकम लिने अनि हत्या गरी गायव बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस्