प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय माग

जनकपुरधाम,/  मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको यहाँ सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले प्रदेश नं २ मा प्रदेशस्तरीय सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज स्थापनाको अपरिहार्यतामा जोड दिएको छ ।

फाइल तस्बिर

महाधिवेशनले कार्यसमितिका भावी कार्य दिशाअन्तर्गत स्वास्थ्य सेवा ऐनलाई पुनःकार्यान्वयन, वर्तमान ऐन संशोधन, सबै स्वास्थयकर्मीलाई सम्मानजनक रूपमा पद व्यवस्थापन तथा जिम्मेवारी प्रदानका लागि पहल गर्ने निर्णय गरेको कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेशस्तरीय छुट्टै स्वास्थ्य मन्त्रालयको माग गर्दै महाधिवेशनले स्वास्थ्यका सबै तह र निकायमा मधेशी, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका, अल्पसंख्यक महिला तथा पिछडावर्गलाई समानुपातिक रूपमा प्रतिनिधित्व हुनुपर्ने आवश्यकता महाधिवेशनले ठहर गरेको छ ।

आयुर्वेद चिकित्सा पद्धतिलाई मौलिक चिकित्साका रूपमा प्रदेशलगायत स्थानीय तहसम्मको संरचनामा समावेश गराई सेवा प्रवाहको माग पनि महाधिवेशनले गरेको छ । महाधिवेशनले बालकिशोर यादवको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्