विराटनगर सीमा नजिक आईपुग्यो रेल

विराटनगर / विराटनगरदेखि नजिकैको नाका जोगबनी भन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको छ ।नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीमा नजिक आईपुगेको हो।

त्यसमा ढुवानी गरिएको सामान अबव कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीइ साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सीधै रेलबाटै ल्याउने बाटो खुलेको हो ।, आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्