बुद्धजयन्तीको अवसरमा आयोजित शान्ति र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

लुम्बिनी / प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजित लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब आधा घण्टा सहभागी हुनुभएको छ ।

तस्विर श्रोत: सेतोपाटीवाट

र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी हुनुहुन्थ्यो ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गर्नुभएको थियो ।

आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आउनुभएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्