वित्तिय संस्था ‘मेरो माइक्रो फाइनान्स’को नाफा घट्यो

काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा ५ करोड ९९ लाख रुपैयाँ कमाए गरेको मेरो माइक्रो फाइनान्स वित्तिय संस्थाकोे खुद नाफामा १३.५१ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ६ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी पनि १.५८ प्रतिशतले घटेर १५ करोड २२ लाख रुपैयाँ भएको छ । गत वर्ष १५ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । फाइनानसको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । यसले रिजर्भ कोषमा १२ करोड ३७ लाख राखेको छ । कम्पनीको खराब कर्जा बढेर १.३९ प्रतिशतमा आएको छ । गत वर्ष खराब कर्जा १.३६ प्रतिशत थियो । फाइनान्सको प्रतिसेयर आम्दानी २७.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.२९ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्